#दुधकोसीसामुदायिकअस्पतालकोपहिलो #डिपिसिढलानसम्पन्न ।

एक वर्ष अघि चैत्र २ गते श्रीमद भागवत महापुराण लगाएर सुबिधा सम्पन्न अस्पताल बनाउने महाअभियान शुरु भएको थियो।महापुराण लाउनै सक्दैनन भनियो, ऐतिहासिक उपस्थिति बिचमा भव्य कार्यक्रम सफल भएपछि अस्पताल बनाउदैनन भनियो अस्पतालको सबै प्रकृया पुरा गरि टेन्डर गरेर आज तीब्र गतिमा काम भएपछि अस्पताल सन्चालन गर्न सक्दैनन भनेको सुनेको छु।कसैले प्राथमिक स्वस्थ कार्यलय सङ्ग जोडेर तुलना पनि गरेको देखियो। स्वस्थ आलोचना हुनलाई सकरात्मक रुपमा हेर्ने गर्दछु तर कम्तिमा आलोचनात्मक चेत हुन जरुरी छ। ढुक्क रहनुहोस यो अस्पताल सोलुखुम्बु जिल्लाकै सुबिधा सम्पन्न नमुना अस्पताल बनाइनेछ र हामीले बोलेको समय अवधिमै सम्पन्न गरिनेछ तथा सफल सन्चालन गरि जनतालाई सेवा दिइनेछ।फेरिपनि यो महाअभियानमा जोडिएर सहयोग गर्नुहुने आत्मिय मनहरुलाई सम्मान प्रकट गर्दछु।

Leave a Reply

Your email address will not be published.