परिचय

पृष्ठभुमि :

नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नागरिकको नैसर्गिक अधिकारको रुपमा ग्यारेन्टी गरेको छ । संविधानमा नै स्थानिय सरकारको अधिकार भित्र स्वास्थ्यलाई राखिएको छ । स्वास्थ्यका सहज पहुँज र अधिकारीको रुपमा स्थापित गर्न विशेषत पहाडी र हिमाली क्षेत्रमा त्यहि सहज छैन,विभिन्न वाधक मध्ये भौगोलिक अवस्था पनि एक हो । थुलुङ्घ दुधकोशी गा.पा. विकट हिमाली तथा पहाडी भुगोलमा पर्दछ । यातयातको सहज उपलब्धता छैन । स्वास्थ्य उपचारको सहज उपलब्धता छैन साथै उपचारको अभावमा वर्षेनी दर्जनौले ज्यान गुमाउनु परिरहेको छ ।

 स्वास्थ्य नै धन हो, नागरिका स्वास्थ्य नभए विकासको कल्पना गर्न सकिदैन । स्वस्थ जनता विकासको र संबृध्द्विको सुचक हुन । यस तथ्य लाई आत्मसाथ गदै थुलुङ्घ दुधकोशी गा.पा. ले एउटा सुविधा संपन्न अस्पतालको कल्पना गरि मुर्तरुप दिन लागिरहेको छौ । यसै सन्दर्भमा थुलुङ्घ दुधकोशी गा.पा. का प्रमुख भन्नु हुन्छ । “ कुलो एकवर्षपछि पनि बनाउदा फरक नपर्ला तर रोगले एक मिनेट पनि छोडदैन । ”

दुधकोशी सामुदायिक अस्पताल थुलुङ्घ दुधकोशी गा.पा. को केन्द्र मुक्लिमा स्थापना गर्ने साथै ५० शैया सहित एक सुविधा संम्पन्न सेवा प्रवाह गर्ने लक्ष्य छ । सकेसम्म नागरिकले सवै प्रकारको सेवा यहिवाट पाउन सकुन यसको उद्देश्य हो । उपचारका लागि अन्यत्र भौतारिन नपरोस र गुणस्तरिय उपचार सर्व सुलभ रुपमा दिन सकियोस पालिका चाहन्छ । “अस्पताल सधैका लागि र सवैका लागि हो” भन्ने मान्यताका साथ सम्पूर्ण वासिन्दाको अपनत्व श्रृजना गर्ने,धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने र संवृद्धि समाज निर्माण गर्ने अवधारण अगाडि सारिएको छ ।

अस्पताल निर्माणको पुण्य कार्यमा जसले गर्दा स्वास्थ्य जस्तो संवेदनशिल विषय उच्च प्राथमिकतामा पर्दछ र पर्न अति जरुरी पनि छ । विभिन्न क्षेत्रवाट सहयोग र साथको थालनी भएको छ । देश विदेशवाट रकम संकलन र शुभेच्छाहरु प्राप्त भएका छन । साथै अर्थ संकलनका लागि वृहत ज्ञान महायज्ञ सप्ताह सञ्चालन गर्ने योजना रहेको छ ।

महायज्ञको विस्तृत विवरण………………………………………………मा उपलब्ध छ ।

हालसम्मको कार्यप्रगति:

  • महायज्ञका लागि मुल आयोजक समिति र सचिवालय गठन
  • सचिवालयको कार्यालय स्थापना
  • अस्पतालको विस्तृत परियोजना प्रतिवेदन निर्माण शुरु
  • २२ रोपनी जग्गा निुशल्क प्राप्त
  • ईन्टरनेसनल गेट वे सुविधा लिईएको
  • बेभ साईट निर्माण तथा अन्य प्र्राविधिक कामहरु भईरहेको